काठमाडौं,
माघ १२ ।
उर्गेन लामाको शब्द, सङ्गीत तथा स्वरस्वरमा रहेको गीत ‘फुलको माला…’ सार्बजनिक भएको छ । ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत म्युजिक भिडियोमा पुनरागमन गरेका छन् । गायक उर्गेन लामाको यो गीतको भिडियो मार्फत कुबेर तामाङ र नब मोडल ज्योति प्रसाईले भिडियोमा डेब्यु गरेकी छिन ।
काभ्रेको सुन्दर गाँउ तेमालमा छायांकन गरिएको म्युजिक भिडियोलाई गायक आफैँले निर्देशन गरेका छन् भने छायाँकार ह्यारी महर्जनले छायांकन गरेका हुन् ।
दुइ दशक देखि नेपाली गायन क्षेत्रमा रहेका गायक उर्गेन डी लामाले दर्जनौ चर्चित गीत नेपाली साङ्गीतिक क्षेत्रमा पस्किसकेका छन् ।






