काठमाडौं,
माघ ८ ।
लोकदोहोरी गीत ‘यो मान्छेको चोला…’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा सुरेशरमण अधिकारी, हिमाल शर्मा र गायिका सीता बरालको स्वर रहेको छ ।
शर्मिला पुरीको सङ्गीत, महेश नेपालको शब्द रहेको गीतलाई जनता डिजिटल फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको हो । गीतको भिडियो शर्मिला पुरीले निर्देशन गरेकी हुन् ।
भिडियोमा केशव सापकोटा, अनु पराजुली, विजय कुँवर र आरोबी शाही ठकुरीको अभिनय देख्न सकिन्छ । अमृत चापागाइँको सम्पादन रहेको भिडियो छायाँकन मुकेश हुमागाइँले गरेका हुन् ।






