काठमाडौं,
माघ ४ ।
काराओके आईकन २०७५ तथा मिस एस.ई.ई.आइकन २०७५ हुने भएको छ । रेक्स फेसन होमको आयोजनामा मौलिक गायनको बेग्लै प्रतियोगिता काराओके आईकन २०७५ आगामी फागुण महिनाको अन्तिम साता तथा मिस एस.ई.ई.आइकन २०७५ नयाँ बर्ष २०७६ सालको बैशाख २१ गते हुने भएको हो ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक रेक्स फेसन होमका प्रवन्ध–निर्देशक खगेश रंजितकारले नयाँ सोचबाट अरुभन्दा फरक शैलीबाट दुवै कार्यक्रम गर्ने बताएका छन् ।
सङ्गीतको विकास तथा गायन क्षेत्रलाई व्यापकता दिन र कलाकार, गायक-गायिका, नायक-नायिका र दर्शकबीच मितव्ययिता कामय गर्न काराओके आइकन गर्न लागेको प्रवन्धनिर्देशक रंजितकारको भनाई छ ।
अर्कोतर्फ शिक्षा नै विकासको पहिलो पाईला भन्ने नाराका साथमा एस.ई.ई.आइकन २०७५ गर्न लागिएको जानकारी आयोजक पक्षले दिएको छ ।
पत्रकार सम्मेलनमा गायक भीम तुलाधर, गायिका बुनु राई मानन्धर, एस.ई.ई.आईकन २०१८ नैना खड्गी, मिस नेवा आइकन २०१८ दिया श्रेष्ठ, मिस ग्राण्ड इन्टरनेशनल उरुषा जोशी, सल्लाहकार रोशन ताम्राकारलगायतले कार्यक्रमको आवश्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए ।






