कपिलवस्तु,
पौष २८ ।
नायक तथा गायकका रुपमा आफूलाई दर्शक/स्रोतामाझ उपस्थित गराउँदै आएका श्यामकुमार मिश्राको नयाँ भोजपुरी गीत स्रोता/दर्शकमाझ आएको छ । उनको स्वरमा रहेको नयाँ भोजपुरी पप गीत ‘तु जान हमार लेबु’ सार्वजनिक भएको हो ।
चलचित्र ब्वाईफ्रेण्डमा रहेको उनको भोजपुरी गीतले चर्चा पाइरहेका बेला उनको नयाँ भोजपुरी गीत स्रोता/दर्शकमाझ आएको हो ।
‘मैले भोजपुरी पप गीत ‘तु जान हमार लेबु’ स्रोता/दर्शकमाझ ल्याएको छु, पक्कै पनि सबैले मन पराउनुहुने छ’, उनले भने । गीतको रेकडिङ गोरखपुर स्थित के.के. स्टुडियोमा भएको हो ।
जग्गीराम राहीको शब्द, के.के. सिंहको सङ्गीत रहेको छ गीतमा । गीतको भिडियोमा मोडलसँगै श्यामलाई फिचरिङ गरिएको छ ।
भोजपुरी गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने क्रममा रहेका मिश्रा आफ्नो व्यवसायसँगै कला क्षेत्रमा सक्रिय रहेका छन् ।






