कृष्ण काफ्लेको स्वरमा ‘सम्झनु त सझिलो छ…’ (भिडियोसहित)

काठमाडौं,
पौष २१ ।

कृष्ण काफ्लेको स्वर तथा दीपक शर्माको सङ्गीतमा ‘सम्झनु त सझिलो छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई एसपी कोइरालाले लेखेका हुन् । गायक कृष्ण र सङ्गीतकार दिपकले एक दर्जन बढी हिट गीतहरु बजारमा दिइसकेका छन् ।

स्याड भर्सनको गीतको भिडियोलाई निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् भने भिडियोमा सृष्टि खड्का र महेश खडका फिचर्ड छन् । थाइल्याण्ड र नेपालमा खिचिएको भिडियोमा ओम प्रसाईको छायाँकन, बिकास दाहालको सम्पादन र हेल्लोबाइको ड्रेस देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार