रेशम चौधरीलाई आज सपथ गराइँदै

काठमाडौं,
पौष १९ ।

कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचिन राजपा सांसद रेशम चौधरीलाई सपथ ग्रहण गराइने भएको छ । सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा उनलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी गराएका छन् ।

टीकापुर हत्याकाण्डका आरोपी उनी फरार रहेकै अवस्थामा चुनाव लडेर विजयी भएका थिए । तर, त्यतिबेला निर्वाचन आयोगले उनलाई प्रमाणपत्र दिएको थिएन । प्रमाणपत्र नदिएपछि उनलाई सभामुखले पनि सपथग्रहण गराएका थिएनन् ।

पछि उनी जिल्ला अदालत कैलालीमा हाजिर भएपछि प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । राजपा नेपालले रेशम चौधरीको रिहाई र शपथग्रहणको विषयलाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिँदै आएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार