हेटौडामा चौका दाउ

हेटौडा
पौष १८ ।

देश दौडाहाको क्रममा रहेको चलचित्र चौका दाउको टोलि तीन नम्बर प्रदेश राजधानी हेटौडा आईपुगेको छ । मंगलबार हेटौडाका पत्रकारहरुसँग साक्षातकार गर्दै चलचित्रले कमेडी कथा उठान गरेको जनकारी गराइयो । चलचित्र पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक पुर्णेन्द्रु झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यङ्यको रुपमा चलचित्रमा देखाईएको बताए ।

काठमाडौं उपत्यका आसपासमा छायाँकन भएको चौका दाउमा करोड माथिको लगानि रहेको बताउदै चलचित्रले उठान गरेका बिषय बस्तु यर्थातपरक रहेको निर्देश्क झाले बताए । उनले चलचित्रको गीत र टे«ल्लरबाट राम्रो प्रतिकृया आएको बताउदै चलचित्र हेर्दा कुनै बोर फिल नहुने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी नायिका वर्ष राउतले यस चलचित्रले समाजमा हास्यव्यङ्य मार्फत सकारात्मक सूचना दिनेमा आफुले विश्वास लिएको बताईन । उनले सिनिएर कलाकारहरुसँग काम गर्दा आफुलाई भाग्यमानी रहेको बताउँदै चलचित्र राम्रो बनेको बताईन । आफु चार जना कलाकारको दाउमा पर्ने मेजर भुमिकामा रहेको बताउदै नजानेर गरीने गल्तीले भबिष्यमा आउने अप्ठयाराहरुसँग गर्नुपर्ने सामाना चलचित्रमा रहेको बताईन ।

यस्तै कार्यक्रममा कलाकार सन्तोष पन्तले लामो समय पछि आफुले सोचेको र आफुलाई फिटहुने चलचित्रमा काम गरेको भन्दै मुख्य जिम्बेवारी चलचित्रमा बहन गरेको बताए । उनले पहिलो पटक चलचित्रको प्रोमोशनका लागी हिडेको बताउदै यस्ता टुर कार्यक्रमले प्रतयक्ष रुपमा आफुलाई पत्रकार र दर्शकहरुसँग नजिक हुने वाताबरण बन्ने बताए ।

चौका दाउका परिकल्पनाकार एवम् बरिष्ट सङ्गीतकार शम्भुजीत बासकोटा हुन् । चौका दाउ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रमा कथा, सङ्गीत र गायन पनि बासकोटाकै रहेको छ ।

अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्वन्द्व निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन् ।

चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतको अभिनय छ ।

चलचित्र यही पौष २७ गते देखी देखि देशभरका सिनेमाघरमा आउँदै छ ।  सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्रलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ ।

यसमा तपाइको मत

अन्य समाचार