काठमाडौं,
पौष १७ ।
सरोज गौतमको स्वरमा रहेको आधुनिक गीत ‘तिम्रै तस्बिर…’ भएको छ । बिपिन आचार्यको शब्द/सङगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शिशिर श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा सरोज आफैँ र स्मिर्ती श्रेष्ठलाई फिचरिङ गरिएको छ । मुकेश हुमागाईंकोे छायांकन, अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई कुमार कटवालले निर्माण गरेका हुन ।
आधा दर्जन गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक सरोजले अङग्रेजी नयाँ बर्षमा नयाँ गीतको भिडियो नेपाली साङ्गीतिक बजारमा सार्बजनिक गर्ने गरेका छन् । ‘यो त्यसैको निरन्तरता हो’, उनले भने ।






