प्रधानमन्त्रीद्वारा धरहरा पुनर्निर्माणको शिलान्यास

काठमाडौं,
पौष १२ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । भत्किएको पुरानो धरहराको छेउमा पूजापाठ गरेर प्रधानमन्त्रीले इटा राखेर धरहराको शिलान्यास गरेका छन् ।

कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री मात्रिका यादव, पर्यटनमनत्री रविन्द्र अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।

नयाँ बन्न २२ तले धरहरा आधुनिक र सुविधासम्पन्न हुने बताइएको छ । धरहरा बनाउन सरकारले २४ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ ।
धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधाहरु थपिनेछन् । प्राधिकरणले धरहरा निर्माणको जिम्मा जीआईईटीसी (रमन जेभी) लाई दिएको छ ।

विक्रम्सम्बत १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तला बनाइएको थियो । २०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको धरहराको पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुने भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार