कतारमा हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड हुँने

काठमाडौं,
पौष १२ ।

हिमालयन नेपाली ईभेन्ट्स प्रा.लि.ले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड-२०१९’ को आयोजना गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यसबारे जानकारी दिएको हो ।  आगामी माघ १८ गते (फ्रेबअरी १ तारिख) कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गर्ने जानकारी आयोजकले दिएको छ ।

उक्त अवार्डका संयोजक डी.एन. घिसिङले असली सर्जक र सिर्जनाको उचित मुल्याङकन गर्ने बताएका छन् । हिमालयन नेपाली ईभेन्ट्स प्रा.लि.का उपाध्यक्षसमेत रहेका घिसिङले भने,‘हाम्रो संस्थाले २०१८ मा मलेसियामा यस्तै अन्तर्राष्ट्रिय अवार्डको कार्यक्रम सम्पन्न गरिसकेको छ, हामीले यो अवार्ड सफलताका साथ सम्पन्न गर्छौं, हामीसँग यो अनुभव र अभ्यास छ, विदेशमा गरिने कार्यक्रमहरु निक्कै महँगो हुन्छन् । तर, त्यसप्रति पनि हामी सक्षम छौं ।’

त्यस्तै कार्यक्रममा उक्त अवार्डका मुख्य निर्णायक मिलन मोक्तानले गीत सङ्गीतको बजार ब्यापक बन्दै गएको बताए । घिसिङले अघि थपे, ‘नेपाली कलाकारहरुको जीवन बिचराको स्थितिमा छ, खासमा रोउल्टी उठाउने हो भने सबैले गीत सुनेबापत पैसा तिर्ने हो भने कुनैपनि कलाकारहरुले बरालिनुपर्ने दिन रहँदैनजस्तो लाग्छ, लगानी नउठेपनि कलाकारहरुले यस क्षेत्रमा लगानी गरिरहेका छन्, यसको ज्वलन्त उदाहरणको रुपमा हिमालयन नेपाल ईभेन्ट्सले कतारमा गर्दैछ ।’ घिसिङ साङ्गीतिक सङ्घ नेपालका अध्यक्षसमेत रहेका छन् ।

हिमालयन नेपाली ईभेन्ट्स प्रा.लि.का निर्देशक सविन घिसिङले आगामी माघ १८ गते कतारमा सम्पन्न हुने अवार्डमा कलाकारलाई ३७ विधामा सम्मान गरिने जानकारी गराए ।

‘सृजनाको मुल्याङ्कन स्रष्टाको सम्मान, नेपाली सङ्गीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुलका नारा एवम् मिडिया टप, नेपालको सहकार्यमा सम्पन्न हुने अवार्डमा उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट लोक तथा दोहोरी गीत, उत्कृष्ट तामाङ सेलो, उत्कृष्ट तामाङ म्हेन्दोमाया गीत, उत्कृष्ट लोक पप, उत्कृष्ट गायक÷गायिका, उत्कृष्ट मोडललगायतका ३७ विधामा अवार्ड वितरण गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार