शाही युवा शक्ति नेपाल गठन

ललिपुर,
पौष १० ।

शाही युवा शक्ति नेपालले ललिपुर जिल्ला कार्य समिती गठन गरेको छ । स्थानिय रुपेश डंगोलको अध्यक्षतामा २१ सदस्य कार्यसमिती गठन गरेको हो ।

कार्य समिती गठन तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष पशुपति खड्काले पाश्चात्य धर्मको पछि लागेर हिन्दू धर्ममाथि प्रहार गर्ने नेताहरुलाई बाँकी नराख्ने चेतावनी दिएका छन् ।

खड्काले राजतन्त्र स्थापना नगरे देश दुर्घट्नामा पर्ने भन्दै घर घरबाट उठ्न आमजनतालाई आग्रह समेत गरे । उनले गणतन्त्रका नाममा नेताहरुले जनतामाथि गरेको अन्याय अब धेरै दिन नटिक्ने बताए ।

शाही युवा शक्तिले संगठन विस्तार अभियानलाई देश ब्यापी बनाउने क्रममा ललितपुर जिल्ला कार्य समिती गठन गरेको हो । उक्त समितीले राजसंस्था पुनस्थापना गर्दै गणतन्त्र ढाल्ने संकल्प गरेको छ । पाटी प्रवेश गर्नेहरुलाई केन्द्रिय अध्यक्ष पशुपति खड्काले माला, खादा लगाएर स्वागत गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार