मुना न्यौपाने
काठमाडौँ,
पौष ९ ।
मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ मा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै पुरुषतर्फ रिसज पन्त मिष्टर टुरिज नेपाल २०१८ र महिलातर्फ रमुना कार्कीले प्रथम ताज पहिरिन सफल भएका छन् ।
त्यस्तै, पुरुषतर्फ फष्ट रनरअप रोहित कुमार बने भने महिलातर्फ सुष्मिता लामाले फष्टरनरअपको उपाधि हासिल गरिन् । त्यस्तै, वेष्ट ट्यालेन्टको उपाधि राजन राईमगरले प्राप्त गरे भने वेष्ट फोटोजेनिक उपाधि मनिषा सिलवालले प्राप्त गरिन् । सो प्रतियोगितामा ८ जना पुरुष र ७ जना महिला सहभागि भएका थिए ।
कार्यक्रममा राष्ट्रियसभा सभासद् माननीय कोमल ओलीले अब युवाहरुलाई पर्यटनमार्फत् स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन् । ओलीले राजधानीमा एसएसके मिडिया प्रा.लि.द्वारा आयोजित तथा आरोग्य एजुकेशन प्रा.लि.ले प्रायोजन गरेको मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ को कार्यक्रममा बोल्दै पर्यटनमार्फत् स्वदेशमा युवाहरुलाई रोजगारी सिर्जना गर्नेतर्फ जुट्न सबैमा आग्रह गरेकी हुन् ।
सो कार्यक्रम एएसके मिडिया प्रा.लि.का सिइओ सन्तोष सिलवाल ‘खत्री’को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा अतिथिहरुमा वरिष्ठ गायक आनन्द कार्की, आरोग्य एजुकेशन प्रा.लि.का प्रवन्धक सुविद्या खनाल (दाहाल), जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा महिला उद्यमी राज्यलक्ष्मी शाक्य, समाजसेवी तथा चलचित्र निर्माता शान्ता ढकाललगायत थिए ।
प्रतियोगिको निर्णायक मण्डलमा वर्षा कार्की, अभिमन्यु कार्कीलगायत थिए भने जेनस लामाले कोरियाग्राफर गरेका थिए । कार्यक्रम संयोजन नविन भट्टराईले गरेका थिए भने कार्यक्रमको सञ्चालन राजन सिलवालले गरेका थिए ।
प्रतियोगितामा वरिष्ठ गायक आनन्द कार्कीले सुमधुर गीतहरु गाएका थिए भने वरिष्ठ सङ्गीतकर्मी उदिराम खड्काले मयूर नृत्यु प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध पारेका थिए । कार्यक्रममा सत्यवती कलाकेन्द्र तथा जापानी सूचना केन्द्र, नेपालका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम महेन्द्रपुलिस क्लबको सभाहलमा पुस ७ गते बेलुकी ४ः०० बजेदेखि ८ः०० बजेसम्म आयोजना भएको थियो ।






