मुम्बई ।
सलमान अली इन्डियन आइडल सिजन १० को विजेता बनेका छन् । उत्कृष्ट पाँच मध्ये हिजो (आइतबार) राती सलमान अलीलाई विजेता घोषणा गरिएको हो ।
अंकुश भारद्वाज, निलन्जना राय, नितिन कुमार, र भिभोर परासरलाई पछि पार्दै सलमानले उपाधि हात पार्न सफल भएका हुन् । अंकुश भारद्वाजलाई दोस्रो र निलन्जना रायलाई तेस्रो घोषणा गरिएको थियो ।
पुरा कार्यक्रम अवधिभर नै प्रिय रहेका सलमान प्रतियोगिता जित्नका लागि प्रबल दाबेदार रहेका थिए । हरियाणाको मेवाटबाट आएका सलमानले शुरुदेखि नै आफ्नो शक्तिशाली स्वरले सबैको मन जित्न सफल भएका थिए ।






