काठमाडौं,
पौष ८ ।
गुरुङहरुको नयाँ वर्ष ‘तमु ल्होसार’को पूर्व सन्ध्यामा लमजुङ तमु एकता समाजको आयोजनामा राजधानीमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । शनिबार काठमाडौंको तारकेश्वर १ साङलेखोलामा एक विशेष कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान गरिएको हो ।
लमजुङ तमु एकता समाजका ओम गुरुङको सभापतित्वमा भएको कार्यक्रममा तारेकेश्वर वडा नं. एकका अध्यक्ष विदुर सापकोटा, कलाकारहरु उत्तम केसी, सोभित बस्नेत, रवी डंगोल, पूजा गुरुङ र गायक राजु परियारलगायतका अतिथिहरु रहेका थिए ।

अतिथिहरुले विविधताले भरिएको हाम्रो नेपालमा सबै समुदायका चाड पर्वले हामीलाई एकआपसमा मिलेर बस्न सिकाएको भन्दै ‘तमु ल्होसार’को शुभकामना दिएका थिए ।
कार्यक्रममा लमजुङबाट काठमाडौं आइ बसोबास गरेका गुरुङ समुदाय आफ्नो भेष भुषामा उपस्थित थिए ।






