काठमाडौं,
पौष ४ ।
चलचित्र ‘राजा’ बन्ने भएको छ । एबी फिल्म प्रोडक्सनको प्रस्तुतिमा चलचित्र ‘राजा’ बन्ने भएको हो । रामचन्द्र ढुङ्गानाले निर्माण गर्न लागेको यो चलचित्रलाई ऋषि न्यौपानेले निर्देशन गर्दैछन् ।
यही शुक्रबारदेखि दोलालघाटबाट छायाँकन गर्न लागिएको चलचित्रमा शितल केसी, विक्रम क्षेत्री, सुरवीर पण्डित, उषा खनाल, दिवसकुमार काफ्ले, शुरजबहादुर ठकुरी, नवराज राउतलगायतका कलाकारको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।
प्रेममय तथा एक्सन प्रधान भनिएको यो चलचित्र त्रिकोणत्मक प्रेममा आधारित चलचित्र बन्ने निर्माता रामचन्द्रले जनाए ।
कृष्ण कोइरालाको निर्माण नियन्त्रणमा छायाँकन हुन लागेको चलचित्रमा कमल राईको नृत्य, प्रदीप खड्काको द्वन्द्व, रवि कोइरालाको छायाँकन र सुवास देबकोटाको सम्पादन रहनेछ ।






