काठमाडौं,
पौष ३ ।
पशुपति शर्मा र मञ्जु पौडेलको नयाँ गीत ‘गाह्रो हुन्छ फेरी’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत, यादव लम्सालको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
युवा अवस्था र कलेज जीवनका प्रेमिल पलहरूलाई रोमान्चक पाराले देखाइएको यो गीतको भिडियोको निर्देशन विवेक खड्काले गरेकाका छन् भने विवेक खडकाले सम्पादन गरेका हुन् । यस गीतलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको छ ।






