कांग्रेस महासमिति बैठक लम्बिने

काठमाडौं,
पौष ३ ।

कांग्रेस महासमिति बैठक लम्बिने भएको छ । विधान संशोधन प्रस्तावका विषयमा सहमति जुट्न नसक्दा राजधानीमा जारी कांग्रेस महासमिति बैठक लम्बिने देखिएको हो । आज (मंगलबार) विधान संशोधन प्रस्तावको एजेण्डाले प्रवेश पाउने बताइएको छ । कांग्रेस केन्द्रीय समितिभित्रको किचलोले महासमिति बैठक समेत प्रभावित भएको छ ।

केन्द्रीय समितिले विधान मस्यौदा पारित गर्न नसक्दा महासमिति बैठक कर्मकाण्डी जस्तो मात्र हुँदै गएको छ । महासमिति बैठकमा छलफल गरी पारित गर्नुपर्ने विधान संशोधन प्रस्ताव केन्द्रीय समितिले पारित गर्न नसक्दा अन्तिममा विधान मस्यौदा पेस गर्ने र पर्याप्त छलफल नगरी अनुमोदन मात्र गराउने स्थिति देखिएको छ ।

विधान मस्यौदा प्रस्ताव पारित गर्न केन्द्रीय समिति बैठक बस्नुपर्ने भन्दै सोमबार दिउँसो महासमिति बैठक घण्टौं स्थगित भएको थियो । केन्द्रीय समिति बैठक भने दिउँसो बस्दै नबसी राति बस्ने भन्दै स्थगित भएको थियो ।

केन्द्रिय समितिले मंगलबार विधान संशोधन प्रस्ताव ल्याएमा महासमिति बैठकले विस्तृत छलफल गर्न अझै केही दिन समय चाहिन्छ । महासमिति बैठकमा पेस गरिने एजेन्डा केन्द्रीय कार्यसमितिले पारित गर्नुपर्छ । केन्द्रिय समितिले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर मात्र हुँदैन ।

छपाइ कार्य समेत गरेर बैठकमा सहभागी १ हजार ६ सयभन्दा बढी सहभागीलाई वितरण गर्नुपर्छ । महासमिति सदस्यहरुले बुँदागत छलफल गर्नुपर्छ । अनि छलफलबाट आएको सुझावलाई एकीकृत गरी पुनः संशोधित विधान पारित गर्नुपर्छ ।विधान स्यौदाबारे केन्द्रिय समितिले यसअघि नै दुई हप्ताभन्दा बढी छलफल गरिसकेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार