काठमाडौं,
पौष २ ।
चैत्र ८ गतेलाई आफ्नो प्रदर्शन मिती तय गर्दै चलचित्र ‘कागजपत्र’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका सार्वजनिक चार पोस्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ ।
इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ । कागजपत्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल बिष्टले बताए ।
खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् । सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको सङ्गीत, क्यासीमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।






