काठमाडौं,
मंसिर २८ ।
थुप्रै आधुनिक गति मार्फत स्रोता/दर्शकको मन जित्न सफल गीतकार हुन बसन्त वित्यासी थापा । उनले यतिवेला फरक गीत सालैजो लिएर स्रोता/दर्शकमाझ आएका छन् । उनले ‘कोइलीमा चरीले’ गीत लिएर आएका हुन् ।
रुकमान लिम्बु र अमृता सम्बाहाम्फेको स्वर रहेको गीतमा शशी गुरुङ वाङदेलको सङ्गीत र महाराज थापाको सङ्गीत संयोजन रहेको छ ।
रुवुशा कृएटिभ वक्र्सको प्रस्तुति रहेको गीतको भिडियोमा गायक स्वयं रुकमान लिम्बुको अभिनय रहेको छ उनलाई अभिनेत्री तथा मोडल रेखा फागो र राम गुरुङले साथ दिएका छन् ।
युगल पोमो लिम्बूको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोलाई बुद्ध थापाको टिमले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् ।






