झापा,
मंसिर २४ ।
मनिशा लिम्बू र प्रज्वल दाहालले ‘पूर्वाञ्चल राईजिङ मोडल नेपाल-२०१८को उपाधि चुमेका छन् । डी ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतिमा आयोजना गरिएको ‘पूर्वाञ्चल राईजिङ मोडल नेपाल-२०१८’ सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालले उपाधि चुम्न सफल भएका हुन् ।
झापा दमकको कन्काई पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधि सहित आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए । रोशन लाम्गाडे र राजकुमार राई क्रमशः प्रतियोगिताको फर्स्ट र सेकेण्ड रनरअप भए ।
रमेश भट्टराई र चन्दा खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर दिवश भट्टराई र सजिना श्रेष्ठको एक महिनाभन्दा बढिको प्रशिक्षण पश्चात प्रतिस्पर्धीहरुलाई स्टेजमा उतारिएको थियो । कार्यक्रममा प्रतिस्पर्धीहरुको ड्रेस डिजाईन भने पेजेन्ट नेपालबाट फेसन डिजाईनर ममथा बस्नेतले गरेकी थिईन ।
कार्यक्रमको प्रमुख निर्णाकमा सञ्चारकर्मी तथा कलाकार राज लुइँटेल थिए साथै निर्णायकको रुपमा कलाकारहरु गायक तथा सङ्गीतकार डिजराज पौडेल, नेपालको पहिलो महिला सङ्गीतकार रेखा पौडेल, मोडल तथा नायक दिवश धिताल, कलाकार नितु कोईराला रहेका थिए ।
काठमाडौँ बाट एक दर्जनभन्दा बढिको सङ्ख्यामा आएका कलाकारहरु महादेव त्रिपाठी, डिज राज पौडेल, धुर्व विश्को, दिनेश लामा, जीवन ओडारीलगायतले कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए । श्रीकृष्ण लुइटेल ‘बोके दारी’ र महादेव त्रिपाठीको प्रस्तुतिमा दर्शकले भरपुरा मनोरञ्जन लिएको कार्यक्रमको प्रत्यक्ष प्रसारण एरिना टेलिभिजनले गरेको थियो ।






