काठमाडौं,
मंसिर २४ ।
सिमान्त सन्तोष र बबिना भट्टराई खतिवडाको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो पछि लाग्ने कुनै बहाना खोज्दै छु…’ सार्वजनिक भएको छ । शान्तिप्रियको शब्द, दीपक शर्माको सङ्गीत, नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/9q6XHTrXrHo
उत्सव दाहालले छायाँकन गरेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतको भिडियोमा गायक सिमान्त र गायिका बबिना फिचरिङ छन् ।
‘हामीले स्रोता/दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता/दर्शकको रोजाइमा पर्छ होला’ सिमान्त र बबिनाले भने ।






