काठमाडौं,
मंसिर २४ ।
आगामी फागुन १७ गतेदेखि देशभरका सिनेमाघरमा आउँने तयारी गरेको चलचित्र ‘क्याप्टेन’का दुई पोस्टर सार्वजनिक गरिएको छ । अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिकमध्ये अनमोलको एक सोलो पोस्टर रहेको छ भने दोस्रोमा अनमोलको साथमा सुनिल थापा तथा प्रशान्त ताम्राकार फिचर छन् । पोस्टटमा दुई नव अभिनेत्री भने अटाएका छैनन् ।

फुटबल खेलाडीको कथा रहेको यो चलचित्रमा अनमोलले दुई नवअभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग जोडी बाँधेका छन् । अभिनेता भूवन केसीले निर्माण गरेको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।






