काठमाडौं,
मंसिर २३ ।
मोडल, नायिका बन्ने चाहना लिएर कला क्षेत्रमा आफ्नो भाग्य खोज्दै गरेकी नब मोडल हुन् चाँदनी बुढाथोकी । चाँदनीले गायक दिपेन्द्र अधिकारीको ‘आँखाभरि…’ बोलको गीतमा अभिनय गर्दै आफ्नो जीवन्त अभिनय यात्रा प्रारम्भ गरेकी हुन् ।
म्युजिक भिडियोमा अभिनयपछि उनमा केही आत्मविश्वास बढ्यो । फलतः विराटनगरमा भएको मिस मोडर्न एरा र काठमाडौंमा भएको पेजेन्ट नेपाल विनर फेसन शोलगायतमा भएर भाग लिइन । त्यस्तै काठमाडौंमा भएको ब्युटी प्याजेन्ट मिस ग्यालेक्सी नेपाल २०१८ मा मिस ब्युटीफुल र सोशल वालफेयर एम्बास्टर बनिन् ।
यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन उनि । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने चाँदनी अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिसरत छिन ।
किरात चोक ८ दमक, झापाकी स्थायी घर भएकी चाँदनी यतिबेला हेटौडामा एमएमसीमा अध्ययनरत छिन् । पढाईसँगसँगै अभिनयलाई पनि अघि बढाउने उनको सोच रहेको छ ।






