काठमाडौं,
मंसिर २० ।
आज काठमाडौं उपत्यकामा यस वर्षकै धेरै जाडो छ । जाडो अझै बढ्दै जाने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो ।
महाशाखाका अनुसार तापक्रम घट्ने र जाडो बढ्ने क्रम अझै जारी रहन्छ । मध्य र पश्चिम पहाडका उच्च भागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना पनि छ । साथै उच्च हिमाली भागमा हिमपात हुने छ ।






