दमक,
मंसिर १९ ।
मोफसलमा रहेर गायन क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल बनेकी कविता शिवाकोटीले पछिल्लो समयमा एउटा पुरानो कभर गीत गाएकी छन् । स्वरमा जस्तै रुपमा पनि जादु भएकी उनले आफै अभिनय गरेर म्युजिक भिडियो समेत बनाएकी छन् ।
https://www.youtube.com/watch?v=3gVaWRD-AZA&feature=youtu.be
उनले बुधबार सवाल नेपाल अनलाइन तथा युट्युव च्यानलबाट उक्त कभर गीत सार्वजनिक गरेकी छन् । शिवाकोटीले पछिल्लो पटक तिमीले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसके छन् भन्ने गीतको कभर स्वर भरेकी हुन् । यसमा शब्द क्षेत्रप्रताप अधिकारीको रहेको छ । यो गीतको अर्जिनल स्वर बच्चु कैलाशको हो ।






