‘छक्का पन्जा ३’ले मनायो ५१ दिनको खुसीयाली

काठमाडौं,
मंसिर १९ ।

चलचित्र ‘छक्का पन्जा ३’ ले ५१ दिनको खुसीयाली मनाएको छ । मङ्गलबार बबरमहलस्थित एक पार्टी प्यालेसमा रात्री भोजको आयोजना गर्दै छक्का पञ्जा २ टिमले एकाउन्न दिनको खुसीयाली मनाएको हो ।

‘छक्का पञ्जा ३’ को ५१ दिने पार्टीमा चलचित्र युनिट सहित, चलचित्रकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । रेड कार्पेट सहितको कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, करिश्मा मानन्धरलगायत थुप्रै कलाकर्मी उपस्थित थिए ।

‘छक्का पञ्जा ३’ टिमको तर्फबाट निर्देशक दीपाश्री निरौला, लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, निर शाह, लक्ष्मी गिरी, नायिका स्वस्तिमा खड्का, वर्षा राउत, सङ्गीतकार दीपक शर्मालगायत कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिकलाई मायाको चिनो र सञ्चाकर्मीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार