काठमाडौं,
मंसिर ६ ।
मनित गुरुङको स्वरमा रहेको गीत ‘पानी है पर्यो…’ सार्वजनिक भएको छ । राजेन्द्र तामाङको शब्द तथा सङ्गीत, गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
युबराज वाइबाले निर्देशन गरेको भिडियोमा क्रिस्टिना थापा र जेडी तमुलार्इ फिचर्ड गरिएको छ । उत्सब दाहालले छायांकन गरेको भिडियोलार्इ निशान घिमिरेले सम्पादन गरेका छन् । एउटी मायालु प्रति समर्पित गीतको भिडियो एसियन म्युजिकको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको हो ।






