टीकापुर,
मंसिर ५ ।
सर्वोत्कृष्ट कर्मचारीको दौडमा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज आचार्य रहेका छन् । एकाण्टबेलीटी ल्याबले सञ्चालन गरेको सर्वोत्कृष्ट कर्मचारीको दौडमा उनी पर्न सफल भएका हुन ।
पाँच जना उत्कृष्ट कर्मचारी मध्येबाट भोटिङका आधारमा सर्वाधिक भोट प्राप्त गर्ने एकले सर्वोत्कृष्ट कर्मचारी छानिने छ । इन्टेग्रीटी आइडल नेपाल २०१८ का लागि भोटिङ गरिदिन उनले आग्रह गरेका छन ।
आचार्यलाई मोवाइल म्यासेज र वेभसाइडमार्फत भोट गर्न सकिनेछ । भोटिङ अवधि मंसिर १७ गते राति १२ बजेसम्म तय गरिएको छ । सबैभन्दा बढी भोट प्राप्त गर्ने व्यक्तिलाई मंसिर २१ गते एक समारोहकाबीच सर्वोत्कृष्ट कर्मचारीमा रुपमा घोषणा गरिने आयोजक एकाण्टबेलीटी ल्याबले जनाएको छ ।
यो संस्थाले सन् २०१४ बाट सरकारी कर्मचारीहरुबीच यस्तो प्रतिस्पर्धा गर्न थालेको हो । प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफूलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर क्यापिटल आईआईएन टाइप गरेर स्पेस दिई २ टाइप गरी ३४००१ मा सेन्ड गर्नुपर्ने बताए । उनले एउटा सिमबाट एक पटक मात्रै भोट गर्न सकिने जानकारी दिए । उनलाई http://www.integrityidol.org/countries/nepal/ मार्फत समेत भोटिङ गर्न सकिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत आचार्यले जाजरकोट, सुर्खेत, जुम्ला, बाँके लगायतका जिल्लामा रहेर काम गरेका छन । उनले केही समय राष्ट्रपतिको कार्यालयमा समेत सहायक प्रवक्ताका रुपमा काम गरिसकेका छन ।






