लेजबियनको कथा समेटिएको ‘मैले भुल्न…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
मङ्सिर १ ।

प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मन’ एल्बममा समावेश दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको सङ्गीतमा अन्जु पन्तको स्वर रहेको ‘मैले भुल्न…’ बोलको उक्त गीतको भिडियोमा नायिका द्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा लेजबियन बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ ।

भिडियोमा उत्तम हुमागाईको छयांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सहनिर्देशन तथा निर्देशक प्रविन श्रेष्ठकै सम्पादन रहेको छ । भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतिमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार