यस्तो छ प्रेमलीलाको पहिलो गीत

काठमाडौं,
कार्तिक २६ ।

चलचित्र प्रेमलीलाको पहिलो गीत ‘जाने क्या हुवा ए…’ सार्वजनिक भएको छ । नायिका दीपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्र प्रेमलीलाको पहिलो गीत सार्वजनिक भएको हो ।

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए दर्शक÷स्रोतामाझ निर्माणटिमले ल्याएको छ ।

सार्वजनिक गीतको भिडियोमा दीपशिखा र अली फिचर्ड छन् । पबन गौतमको छायाँकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ गीतको भिडियोमा ।

डाक्टर सागरको शब्दमा रविराज शाहको सङ्गीत रहेको उक्त गीतलाई राजा हसन र सौमी शैलेशले गाएका हुन् । यसअघी चलचित्रको फर्स्ट लुक सार्वजनिक भइसकेको छ ।

https://www.youtube.com/watch?v=-wlAOMHzrIo&feature=youtu.be

चलचित्रमा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायत रहेका छन् ।

नायिका खड्काकै कथा तथा लेखन रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको छ । सुनिल मानन्धरले वितरण गर्न लागेको यो चलचित्र माघ २५देखि देशभरका सिनेमाघरमा आउँदै छ ।

यसमा तपाइको मत

अन्य समाचार