अनिश्चितकालीन धर्नामा निर्मला पन्तको परिवार

कञ्चनपुर,
कार्तिक २५ ।

निर्मला पन्तको परिवार जिल्ला प्रशासन कार्यलय कन्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेको छ । साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै परिवार आइतबारबाट अनिश्चितकालीन धर्नामा बसेको हो ।

निर्मलाका बाबु यज्ञराज पन्तसहित उनको परिवार न्याय माग्दै स्थानीय प्रशासनमा धर्ना बसेक छन् । आइतबार पन्तको परिवारसहित सयौं सर्वसाधारण स्थानीय मदनचोकमा भेला भएर र्यालीसहित प्रशासन कार्यालय पुगेर धर्नामा बसेको हुन् ।

यसअघि निर्मला पन्तका बाबु यज्ञराजले साढे तीन महिनासम्म पनि सरकारले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई सार्वजनिक नगरेको भन्दै आफुहरु धर्नामा बस्न लागेको बताएका थिए । उनले कि सरकारले निर्मला पन्तलाई न्याय दिन्न भन्नुपर्यो कि दिनुपर्यो भन्ने सरकारलाई सन्देश दिन पनि धर्नामा बस्नुपरेको बताए ।

निर्मला पन्त गत साउन १० गते साथी रोशनी बमको घरमा गएको बेला बलात्कार पछि हत्या भएको थियो । पन्तको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो । घटनाको छानविनका लागि केन्द्रीय तथा स्थानीय स्तरमा विभिन्न समिति गठन भएपनि हालसम्म निर्मला प्रकरणका खास दोषी पहिचानपछि सार्वजनिक गरिएको छैन । जसले गर्दा घटना थप रहस्यमय बन्दै गएको छ ।

यसमा तपाइको मत

अन्य समाचार