अमेरिकामा छक्का पन्जा ३को रेकर्ड

काठमाडौं,
कार्तिक २५ ।

नेपाली चलचित्रको सबै भन्दा ठुलो बिदेशी बजार भनेर चिनिएको संयुक्त राज्य अमेरिकामा छक्का पन्जा ३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ । अमेरिकामा यस अघि रिलिज भएका छक्का पन्जा, छक्का पन्जा-२ र लूट २ को ३ हप्ता सम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई छक्का पन्जा ३ ले तोडिदिएको हो ।

नेपालीहरुको बाक्लो बसोबास हुदै गरेको अमेरिकाको डालस टेक्सास मा अहिले छक्का पन्जा ३ ले बिदेशी भुमिमा लगातार १ महिना चल्ने पहिलो नेपाली चलचित्र बनी नयाँ रेकर्ड बनाएको छ । चलचित्रले हाल सम्म डालसमा मात्रै ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भैरहने जानकारी डालसका लागी अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस्ले जनाएको छ ।

डालसका लागी अधिकारक वितरक एबम गत वर्ष ग्लोबल नेपाली फिल्म अवार्डमा उत्कृष्ट डाइसपोरा वितरकको अवार्ड हात पार्न सफल कम्पनि नेप्सिनेका सीइओ रायन रेज भन्नुहुन्छ-चलचित्र छक्का पन्जा – ३को सफलताले हामी नेपाली चलचित्र प्रदर्शकलाई नयाँ हौशला मिलेको छ र निकट भबिष्यमा यसले नेपाली चलचित्रको बिदेशी बजारमा दीर्घकालिन प्रभाव पार्ने छ ।

यो रेकर्डसंगै अब भने नेपाली चलचित्रले देश भित्र मात्र नभई बिदेशी भुमिमा समेत प्रभाव बढाएको छ । दीपाश्री निरौला द्वारा निर्देशित चलचित्र छक्का पन्जा ३ मा दीपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र छक्का पन्जा ३ लाई अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनिले अधिकारिक रुपमा बितरण गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार