काठमाडौं,
कार्तिक २३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारका अवसरमा शुभकामना सन्देश दिँदै अबको चार बर्षमा पछौटेपन र गरिबीको कुचक्रलाई तोडेर देश विकास गरिछाड्ने बताएका छन् ।
आगामी चार वर्षमा देशलाई अल्प विकसित अवस्थाबाट स्तरोन्नती गर्ने उनको तिहार विशेष भिडियो सन्देशमा उल्लेख छ । हरेक नेपालीको मुहारमा खुसी ल्याउने उनको प्रतिबद्धता छ ।
तिहारको अवसरमा प्रधानमन्त्रीले तीन मिनट लामो भिडियो सन्देश जारी गरेका हुन् । उनको सन्देशमा आर्थिक समृद्धि सरकारको मुल लक्ष्य रहेको उल्लेख छ ।
https://www.youtube.com/watch?v=e2yNzFTxGlg






