काठमाडौं,
कार्तिक १९ ।
गायिका मिलन अमात्य र गायक मोहन मगरको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘चढ्दो उमेर…’ बोलको डान्सिङ्ग नम्बरमा जीबन लुर्इंटेलको शब्द रचना रहेको छ भने गीतमा मोहन मगरको सङ्गीत रहेको छ ।
सुरज श्रेष्ठ र एलिना रायमाझीलाइ फिचर्ड गरिएको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । नरेन्द्र वियोगीले सङ्गीत संयोजन गरेको गीत लोक लयमा मधुर बनेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोमा माला मगरको कोरियोग्राफी रहेको छ ।






