सर्लाहीका प्रतिभालाई सम्मान

सर्लाही,
कार्तिक ५ ।

दशैँको अवसर पारेर सर्लाहीका प्रतिभालाई सम्मान गरिएको छ । सर्लाहीबाट आफ्नो क्षेत्रमा चिनिएका कलाकर्मी, पत्रकार तथा समाजसेवीलाई सम्मान गरिएको हो ।

सर्लाही स्थित बरहथवा नगरपालिका अन्तर्गतको वडा नम्बर ३ मा श्री माँ शक्ति दुर्गा क्लबलेले ‘सम्मान तथा साँस्कृतिक कार्यक्रम २०७५’ का बीच निर्देशक प्रदीप भट्टाराई, अभिनेता निखिल उप्रेती र विजय बराल, गायक कमल खत्री र कर्णराज गिरी, हास्यकलाकार शिव शंकर रिजाल, मोडल इष्टु कार्की, मिस सर्लाही २०७५ प्राप्ति उप्रेती, कलाकार राम ठाकुरलाई ‘कलाकारिता सम्मान’ प्रदान गरेको थियो ।

यसैगरी सर्लाही जिल्लाबाट नेपाल विधार्थी संघको केन्द्रिय सदस्य समेत भइसकेका सामाजिक अभियन्ता रघु कार्कीलाई पनि सम्मान गरेको छ । उनले पछिल्लो समय सर्लाहीको विभिन्न विकास निर्माणको कार्यमा सघाउदै आएका छन् । यसैगरी पत्रकारिता सम्नान मार्फत प्रदीप कार्की, मनिष कार्की र नविन गिरी सम्मानित भएका छन् ।

बरहथवा नगरपालिका प्रमुख देवानन्द महतो तथा संविधानसभाका निवर्तमान सभासद हरि उप्रेतीले सम्मान गरेका थिए । आयोजित सांस्कृतिक कार्यक्रममा गायक सुनिल पण्डित, गायिका सेलिना कुँवर, मोडल महिमा रेग्मी र स्थानिय गायक मन्जुर आलम लगायतको पनि उपस्थिति रहेको थियो ।

कमलले आफ्ना चर्चित गीतहरु आत्मामा, गल्ति मेरो छैन, जाउला रेलैमालगायत गाउदा स्थानीय दर्शक नाच्न बाध्य भएका थिए । यसैगरी कर्णराजले पनि आफ्नो चर्चित गीतहरु सहितको प्रस्तुति दिएका थिए भने शिव शंकर रिजालको प्रहसनले स्थानियलाई हास्न बाध्य बनाएको थियो ।

सम्मान ग्रहण गरिसकेपछि गायक कमलले यस किसिमको सम्मानले आउदो दिनमा उर्जा मिल्ने बताए । ‘आफै हुर्केको ठाउमा सम्मानित हुन् पाए, यो सम्मानको मान बढाउने कोशिस रहनेछ’ उनले भने । यसैगरी निर्देशक प्रदीप भट्टराईले पनि सम्मानले हौसला थप्ने बताए । उनले भने ‘गृह जिल्लाको सम्मान निकै प्यारो हुन्छ, त्यसमाथि हाम्रो पहाडी र मधेशी समुदाय मिक्स भएको ठाउँमा यसकिसिमको कार्यक्रमले कल्चर एक्सचेन्जमा पनि मदत पुर्याउछ ।’ सामाजिक अभियान्ता रघु कार्कीले यसकिसिमको कार्यक्रम अझै दक्षिणी क्षेत्रमा बढ्नु पर्नेमा जोड दिए ।

‘हाम्रो कल्चर मिक्स छ, त्यसैले यस्ता कार्यक्रमलाई भित्रि मधेशसम्म लग्नु पर्छ किनकी यसले आत्मियता र सद्भाव बढाउछ’ रघुले बताए । कार्यक्रम सफल भईरहदा आयोजक कमिटिका अध्यक्ष रघुबीर कुशवाहाले सम्पूर्ण कलाकर्मी, पत्रकार तथा समाजसेवीलाई धन्यवाद दिएका थिए । आउदा दिनमा पनि यस किसिमको कार्यक्रम गर्ने उर्जा मिलेको उनले बताए ।

यसमा तपाइको मत

अन्य समाचार