मोडलिङमा ज्योति

काठमाडौं,
कार्तिक ४ ।

सपनाको शहर काठमाडौँ जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपनासँग जोडिएको मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो ।

युवा पुस्ताको आकर्षणमा रहेको रङ्गीन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । नब मोडल ज्योति प्रसाई पनि त्यस्तै त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी छिन । अहिले उनि आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन् ।

मिस ब्युटी क्विन नेपाल २०१८ मा बिजेता बनेर टाइटल जित्न सफल ज्योतिले मिस ट्यालेण्टको अवार्ड समेत हात पार्न सफल भएकी थिइन् । विभिन्न र्याम्प–फेसन सो हरुमा समेत आफ्नो प्रस्तुति दिएर मोडलिङ क्षेत्रमा अनुभब बटुलीसकेकी ज्योतिले भर्खरै सम्पन्न मिस्टर ह्यान्डसम २०१८ मा निर्णायक मण्डलीमा बसेर आफ्नो कुशल क्षमता प्रदर्शन गरिसकेकी छिन ।

नृत्य र अभिनयमा पोख्त ज्योति सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण पनि हो । उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

झापा सुरुङ्गाकी स्थाई बासिन्दा नब मोडल ज्योति प्रसाई काठमाडौँलाइ कर्मथलो बनाउदै आफ्नो अध्यनलाइ निरन्तरता दिदै आफ्नो भबिष्य कोर्ने क्रममा छिन भने उनि डिएभी कलेजमा बिबिएस चौथो बर्षमा अध्यनरत गर्दैछिन । सानै उमेर देखि नृत्यमा रुचि राख्ने ज्योति अभिनयमा पनि आफूलार्इ अब्बल दर्जामा राख्न संघषरत छिन ।

यसमा तपाइको मत

अन्य समाचार