‘अश्वेत’ नाटक सङ्ग्रह सार्वजनिक

काठमाडौं
आश्विन ३० ।

रङ्गकर्मी राम के.ए.सी.द्वारा लिखित ‘अश्वेत’ नाटक सङ्ग्र्रह सार्वजनिक भएको छ । राजधानीमा भएको एक कार्यक्रममा ‘अश्वेत’ सार्वजिनक गरिएको हो ।

कार्यक्रममा अतिथि प्रा.डा. व्रतराज आचार्य, प्रा.डा. सुरेन्द्र के.सी., वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, आख्यानकार नीलमकार्की ‘निहारिका’, वरिष्ठ रङ्गकर्मी विजय विष्फोट, संस्कृतिकर्मी एवम् राजनीतिकर्मी मणि थापा, नाथमका कार्यकारी निर्देशक दुर्गाभक्त ढकाल, नाथमका विभागीय प्रमुख केशवप्रसाद थपलिया तथा कृतिकार राम के.ए.स.ले कृतिलाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रा.डा. व्रतराजआचार्यले यो कृति नेपाली नाट्य परम्परामा नौलो आयाम बोकेर आएको बताए । आख्यानकार नीलम कार्की ‘निहारिका’ले प्रस्तुत कृतिमा समावेश भएका नाटकहरूले समय सान्दर्भिक विषयलाई उठान गरेको र नाटक राम्रो रहेको टिप्पणी गरे । त्यस्तै विजय विष्फोटले प्रस्तुत कृति विभिन्न खालको प्रभावबाट मुक्त भएको बताए ।
कार्यक्रममा प्रा.डा. सुरेन्द्र के.सी.र वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापाले पनि पुस्तक माथि समिक्षा गरेका थिए ।

‘अश्वेत’ नाटक सङ्ग्रहमा अवान्तर, अश्वेत र सम्बोधि गरी तीनवटा नाटक सङ्गृहित छन् । कुशल रङ्गकर्मीको रूपमा पहिचान बनाइसकेका के.ए.सी.को यो पहिलो कृतिहो । सद्भावद्वारा प्रकाशित प्रस्तुत कृति २०४ पृष्ठ रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार