सर्लाही,
आश्विन २८ ।
विजया दशमी तथा दुर्गा पुजाको अवसरमा सर्लाहीको हजरियामा सम्मान तथा बृहत् सास्कृतिक कार्यक्रम हुँने भएको छ । रास्ट्रिय स्तरका चर्चित कलाकारहरुको साथमा यहि २०७५ असोज ३१ गते बुधबार बिहान ११ बजे हजरियाको (भगवतीपुर) चोकमा हुने श्री मा शक्ति दुर्गा क्लव का अध्यक्ष रघुबिर महत्तो बताए ।
नेपालका चर्चित कलाकार निखिल उप्रेती, कमल खत्री, कर्ण राज गिरी, शिबशंकर रिजाल (जोगिन्द्र), सुनिल पण्डित, इष्टु कार्की, सेलिना कुवर, विजय बराल, राम ठाकुरसँगै निर्देशकद्वय प्रदीप भट्टराई र पुर्नेन्दु झाको पनि उपस्थिति रहने साथमा अन्य चर्चित कलाकार पनि रहने आयोजकले जनाएको छ ।
कार्यक्रमको अन्तिम तयारीमा रहेको क्लवका अध्यक्ष रघुबिर महत्तोले बताए ।कार्यक्रममा आउने सबै कलाकारहरु सर्लाही जिल्लाकै रहेका छन् । नेपाली, भोजपुरि, मैथिली गीत सङ्गीत, नृत्य र हास्य व्यङ्ग्यका प्रस्तुति रहने यो कार्यक्रमको प्रबेश निशुल्क रहेको छ ।






