सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड टेकराजलाई

काठमाडौं,
आश्विन २६ ।

सौन्दर्य प्रतियोगीता, फेशन शो लगायत थुप्रै म्युजिक भिडियोमा मेकअप आर्टिष्टको रुपमा चर्चा कमाएका राज मेक स्टुडियोका प्रबन्ध निर्देशक टेकराज पाण्डेले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जित्न सफल भएका छन् ।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालको आयोजना तथा पेजेन्ट नेपालको एसोसिएट्स र ईनास दुवईको सहकार्यमा युएईको दुबईमा आयोजित कार्यक्रममा उपस्थित हुन नसक्ने अवार्ड विजेताहरुलाई आयोजक संस्था मोडल सङ्गस नेपालले काठमाडौ फेशन विकको कार्यक्रम आयोजना गर्दै उक्त अवार्ड वितरण गरेको थियो ।

माननिय सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री कमला रोकाको प्रमुख आतिथ्य एवम् एनआरएनए आयरलैण्डका पूर्व अध्यक्ष तथा सल्लाहकार आयरलैण्डका लागी पर्यटन दुत गणेश प्रसाईको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा टेकराज पाण्डेले उक्त अवार्ड प्राप्त गरेका थिए ।

भारतको दिल्लीमा स्पेशल मेकअप कोर्श पास गरेर राष्ट्र अन्तराष्ट्र क्षेत्रमा चर्चा बटुल्न सफल सौन्दर्य व्यबसायी टेकराज पाण्डेले २०१२ बाट औपचारिक रुपमा राज मेक स्टुडियाको स्थापना गरि हालसम्म सयौको संख्यामा मेकअप आर्टिष्टहरुलाई सफलता पूर्वक अन्तर्राष्ट्रियस्तरको मेकअप क्लासको सफल तालिम दिईसकेका छन् । सौन्दर्य व्यबसायीको रुपमा उत्कृष्ट योगदान दिए बापत विभिन्न संघ संस्थाबाट थुप्रै सम्मान र अवार्ड प्राप्त गरिसकेका टेकराज पाण्डे एक सफल ईभेन्ट आयोजक पनि हुन ।

यसमा तपाइको मत

अन्य समाचार