पिम नेपाल अनावरण एवम् स्रष्टा सम्मान

काठमाडौं,
आश्विन २६ ।

पावर ईन्टरनेश्नल मिडिया नेपाल (पिम नेपाल) स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको विजया दशमी, शुभदिपावली तथा छट पर्वको अवसर पारेर बिहीबार राजधानीको रक हाउस क्याफेमा आयोजना गरिएको सम्मान समारोहमा विभिन्न फरक क्षेत्रमा सेवारत व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा पावर ईन्टरनेशनल मिडिया (पिम नेपाल)को लोगो समेत अनावरण गरिएको थियो । विगत १२ वर्ष देखि मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा. लि.ले गर्दै आएका सम्पुर्ण कार्यहरु अव उप्रान्त पिम नेपाल मार्फत गरिने पिम नेपालका अध्यक्ष माधव राज खरेलले जानकारी गराए । ‘अव उप्रान्त मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. कार्यक्रम व्यवस्थापकको रुपमा पिम नेपालकै साथमा रहने छ’, उनले भने ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ, विषेश अतिथि गीतकार चलचित्र पत्रकार शान्तिप्रिय, वरिष्ठ पत्रकार भरत बमजन, सङ्गीतकार सन्तोष श्रेष्ठ, अतिथी चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, नायक श्रीदेव भट्राई, युवा व्यवसायी अमिर न्यौपाने, सञ्चारकर्मी राज लुईटेल, तुलसी गिरी, (भावुक), अर्जुनबहादुर तामाङ, राजन थापा, पुरुषोत्तम सानु, गीतकार दीपक पाठक, डि आर, गायिका पशुपती ताम्राकारलगायत विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री तामाङले यसरी फरक क्षेत्र र पेशाका व्यक्तित्वहरुलाई छनौट गरेर उनिहरुको योगदानको मुल्याङ्कन गरि सम्मान गर्ने पिम नेपालको कार्य सह्राहनीय रहेको बताए । कार्यक्रममा विषेश अतिथि को आसनबाट बोल्दै बरिष्ट पत्रकार एवम् गतिकार शान्तिप्रियले आजको यस कार्यक्रममा सम्मानित हुने सबै व्यक्तित्वहरु साच्चिनै सम्मानित हुन योग्य रहेको र आजको यस स्रष्टा सम्मान कार्यक्रमले उहाँहरुलाई आगामी दिनहरुमा निरन्तर लागिरहन हौसला मिल्ने बताए ।

सम्मानितहरुमा अमेरिकामा रहेर पनि करिव दुई दशक देखि निरन्तर कलाकारीता क्षेत्रमा लागीरहनुभएका कन्हैया सिंह परियार, नेपालमा पहिलो पटक मुआ थाई बक्सीङ् भित्र्याएर नेपाली खेल क्षेत्रमा सह्रानीय काम गर्न सफल नमराज भण्डारी, आफ्नै बल र शक्तिबाट एक सय ८ अनाथ तथा असहाय बालबालीकाको संरक्षण गर्दै उनिहरुको उज्वल भविष्यको लागि सक्रिय रुपमा लागिरहनुभएकी समाज सेवी महीमा पोखरेल, विकट हिमाली जिल्ला सोलुखुम्वुको सोलुमा रहेर समाज सेवा गरिरहेका फुनुरु शेर्पा र नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएकी नायिका र पछिल्लो पटक वराङ्गना नामक उपन्यास बजारमा ल्याएर नेपाली साहित्यमा योगदान पुर्याउनुभएकी शोभिता सिंखडा गरि पाँच जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुको प्रतिनिधित्व गर्दै बरिष्ठ गायक कन्हैया सिंह परियारले विदेशीने वित्तिकै पलायन भएको भन्नु गलत रहेको भन्दै पलायन हुनको लागि विदेशै जान नपर्ने स्वदेशमै पनि कैयौं व्यक्तित्वहरु पलायन भएको बताए । आफ्नो पेशा र व्यवसायमा टिक्न नसक्नु वा निरन्तरता दिन नसक्नुनै पलयान हुनु हो उनले भने । कार्यक्रमलाई सञ्चारकर्मी निराजन भण्डारीले सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार