पशुपतिनाथ मन्दिरको उत्तरपूर्व कोणमा अवस्थित धार्मिक–साँस्कृतिक महत्वको ‘सूर्यघाट’ पुण्यदायी तीर्थ र साधनास्थलको रुपमा प्रसिद्ध छ । ॐ आदित्याय विद्यमहे सहस्रकिरणाय धीमहि तन्नो सूर्य प्रचोदयात् । सूर्य उपनिषद्मा उल्लेखित सूर्य गायत्रीको मन्त्रसाधना सिद्ध भएको स्थान भएकाले पशुपतिनाथसँगै अवस्थित हुन पुगेको तथ्य स्पष्ट हुन्छ । प्रत्येक आइतबार सम्पन्न हुने रामायण भजनका कारणले यस स्थानको महत्व दिनानुदिन बढ्दै गइरहेको छ । शान्त र शीतल वातावरणका साथै निरन्तरको बाग्मती नदीको सुसाहटले मनोरमताका साथै ध्यान साधना सिद्धिस्थलका रुपमा पनि स्थापित रहेको छ । यहाँका प्राचीन र प्राकृतिक गुफाहरु मन्त्र साधनाका सिद्धिस्थलका रुपमा रहेकाले प्रसद्धि लामा गुरु तिलोप्पा र नारोप्पाहरुको पनि तपस्थली रहेको कुरा उहाँहरुको प्रतिमा स्थापना र सिद्धसाधकहरुको आगमनले प्रष्ट्याइरहेको हुन्छ ।

– केशवप्रसाद चौलागाई
जयति रघुवंशतिलकः, कौशल्याहृदयनन्दनो रामः । दशवदननिधनकारी, दशरथिः पुण्डरीकाक्षः ।। मङ्गलाचरणका साथ प्रारम्भ हुने रामायण भजनले सूर्यघाटका साथै सम्पूर्ण पशुपति क्षेत्रलाई अध्यात्ममय बनाउँदछ । ‘जय गणेश जय गणेश जय गणेश देवा । माता तो पार्वती पिता महादेवा ।। एक दन्त दयावन्त चतुरभुज धारी । मस्तक तिलक सिंदूर सोहे मुसके सवारी ।।’ गणपतिको भजनसँगै पाञ्चायन देवताको स्मरण र साधना हुन गई वातावरण पुण्यमय र सिद्ध बन्न पुग्दछ ।
आदिनाथ शिव बन्दना प्रारम्भ हुनासाथ भजनमण्डलीका साथै उपस्थित भक्तजनहरुमा शिवशक्तिको प्रवेश गरेको सहजै अनुभूति हुन पुग्दछ ।
आदिनाथ शिव हर हर शम्भो,
कैलाशपतिको ध्यान करो ।
सोही नामको ध्यान धरी के,
सकल पापको नाश करो ।
शिव बन्दनासँगै गरिने काली बन्दनाले देवी उपनिषद्को रहस्य खुल्नुका साथै त्यहाँस्थित भगवती गुफाको महत्व बुझ्न सहज बन्दछ ।
ॐ ह्रींमहालक्ष्म्यै नमः मन्त्रको सार्थकता प्रमाणित हुन पुग्दछ ।
सदा मंगल गरुन् काली,
पुकारछु कालीको नाउँ ।
जगत्माता महाकाली,
पुकारछु कालीको नाउँ ।।
दुःखीको दुःख नाश गर्ने,
कृपा प्रभुको सधैँ पाऊँ ।
जगतमाता महाकाली,
पुकारछु कालीको नाउँ ।
देवीको स्तुतिसँगै भगवान् रामचन्द्रको स्तुति र वन्दनाले भजनलाई जीवन्तता प्रदान गर्दै मन्त्रमुग्ध बनाउँदछ ।
‘नीलाम्बुजश्यामलकोमलाङ्ग सीतासमारोपितवाम भागम् ।
पाणै महासायकचारुचापं नमामिरामं रघुवंशनायम् ।।
रामायण भजनको प्रारम्भअगावै बिहान र सन्ध्याकालमा साधकहरुबाट गरिने भैरव साधनाले साधकहरुको मनोरथ पूरा हुनुका साथै सिद्ध पशुपति क्षेत्रकै गरिमा र शक्ति बढाउन मद्दत गर्दछ । भैरव साधनाको रुपमा मूलमन्त्रलाई न्याससहित एवंप्रकार साधना गरिन्छ ।
ॐ रुद्राय नमः अङगुष्ठयोः । ॐ शिवाय नमः मध्यमयोः । ॐ त्रिशुलिन नमः अनामिकयो ः । ॐ शिखीमखाय नमः तर्जन्यो । ॐ ब्रह्मने नमः कनिष्ठकयोः । ॐ त्रिपुरन्तकाय नमः तलयोः । ॐ डमरुहस्ताय नमः पुर्वे । ॐ दण्डधारिने नमः दक्षिणे । ॐ खड्गहस्ताय नमः पश्चिमायाम् ।ॐ घण्टावादिने नमः उत्तरे । ॐ अग्निवर्णाेय नमः आग्ने्ययाम् । ॐ दिगम्बराय नमो ऋत्याम् । ॐ सर्वभूतस्याय नमो वायत्ये । ॐ अष्टसिद्धिदाय नमः ईशान्याम् । ॐ खेचरिणे नमः ॐ ध्र्वे । ॐ रुद्ररुपिणे नमः पाताले ।
ॐ भूतनाथाय नमोःहृदय । ॐआदिनाथाय नमो मूध्र्नि ॐ आनन्दनाथाय नमः शिखायाम् । ॐ सिद्धखेचरनायाय् नमः कवचाय हुम । ॐ सहजानन्दनाथय नमः नेत्रत्रयाय वौषट्। ऊँ निः सीमानन्दाय नमः अस्त्राय फट् ।
एवंप्रकारले न्याय गरे पश्चात भैरवको ध्यान गरी मूलमन्त्रको जप गर्ने प्रचलन रहेको छ ।
ध्यानम् ।
ध्यानं तत्र प्रवष्यामि यथा ध्यात्वा पढेन्नर ः । १
शुद्ध स्फटिक–सङ्काशं सहस्रादित्यर्वचसम् ।।
नीलजीमूतसङ्काशं त्रिनयनं चर्तुबाहुं द्विबाहुकम् । २
अष्टबाहुं त्रिनयनं चर्तुबाहुं द्विबाहुकम् ।
दंष्ट्राकरालवदनं नूपुरारावसङ्कुलम । ३
भुजङ्गमेखलं देवमग्निवर्ण शिरोरुहम् ।।
दिगम्बरं कुमारेशं वटुकाख्यं महाबलम् । ४
खट्वाङ्गमपि पाशं च शूलं दक्षिण भागत ः ।।
डमरुं च कपालं च वरदं भुजगं तथा । ५ ।
अग्निवर्णसमोपेतं सारमेयसमन्वितम् ।।
ध्यात्वा जपेत्सुसन्तुष्ट ः सवान कामानवाप्नुयात् । ६ ।
करकलितकपाल ः कुण्डली दण्डपाणि
स्तरुण – तिमिर – नील – ब्याल – यज्ञोपवीती ।।
क्रुतुसमयसपर्या – विघ्न – विच्छेदहेतु–
जयति वटुकनाथः सिद्धिदः साधकानाम् (७)
मूलमन्त्र– ॐ ह्रीं वटुकाय आपदुद्धारणाय कुरु कुरु वटुकाय ह्रीं । जानकार तथा गुरुबाट मन्त्र सुनेर यथाशक्य दैनिक जप गरे सबैखाले पीडाहरुबाट मुक्त हुनुका साथै समृद्धिको ढोका खुल्नेछ ।
मिलापको असोज अङ्क बाट






