डेविड र सहिमाको ‘सलल बगेको पानीमा…’मा बिनोद र जस्मिनको रोमान्स (भिडियोसहित)

काठमाडौं,
आश्विन २० ।

डेविड शंकर र सहिमा श्रेष्ठको स्वरमा रहेको ‘सलल बगेको पानीमा…’ गीत सार्वजनिक भएको छ । बहुप्रतिक्षित चलचित्र छक्का पञ्जाको चर्चित गीत पहिलो नम्बरमा र घिनघिन मादल बोलको गीत गाएर चर्चामा रहेका बेला डेविडले गाएको अर्को गीत ‘सलल बगेको पानी…’ सार्वजनिक भएको हो ।

तिम्रा डोला डोला हातमा मेहेन्दी भरीछौ, तिम्रो पिक्चर हिटलगायतका चर्चित गीतकी गायिका सहिमा र डेविडकोयुगल स्वर रहेको सार्वजनिक गीतमा सुमन बैरागी पण्डितका शब्द शृजना रहेको छ । पछिल्लो पुस्ताका चर्चित मध्येका एक सङ्गीतकार दीपक शर्माको सङ्गीत रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

चितवनका मनोरम दृश्यमा छायांकन गरिएको उक्त गीत निकै लोभलाग्दो बनेको छ । राजु अधिकारीको निर्देशन र पछिल्लो पुस्ताका सफल नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्र पञ्चेबाजाकी घिनघिन मादलकी नायिका जस्मिन श्रेष्ठ र प्रतिभाशाली नायक बिनोद न्यौपानेको दमदार अभिनय रहेको छ ।

जसमा ६० जना कोरस सहित अत्याधुनिक क्यामेराले भिडियो छायांकन गरि चर्चित छायांकार सुदिप बरालले आफ्नो कला कौशल देखाउन सफल भएका छन् । जसमा चलचित्र सम्पादन गर्दै आएका सम्पादक मिलन श्रेष्ठको सम्पादन रहेको छ भने कलरिङ्मा रेनीश फागोले आफ्नो जादु छर्न सफल भएका छन् ।

https://www.youtube.com/watch?v=MCRIG78HUqI&feature=share

यसमा तपाइको मत

अन्य समाचार