काठमाडौं,
आश्विन २० ।
नायिका अनु पराजुली मोडल क्रान्ति बराईलीलाई ‘ए कान्छा…’ भन्दै आएकी छन् । उनी व्हाईट पिगन मिडियाको ब्यानरमा राजकुमार महर्जनले निमार्ण गरेको गीतको भिडियोमा यसो भन्दै आएकी हुन् ।
क्रान्ति र अनुको अनस्क्रिन रोमान्स रहेको ‘ए कान्छा, ए कान्छा जता राम्री देख्यो तिम्रो उतै नजर जान्छ…..’ बोलको गीतको भिडियो निकै राम्रो बनेको छ ।
मित्र केसीको शब्द र सङ्गीत रहेको गीतमा शान्तिक्षेत्री थापाको सुमधुर स्वर रहेको छ । व्हाईट पिगन मिडियाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यो गीत जति सुमधुर छ भिडियो पनि त्यस्तै उत्कृष्ट बनेको छ ।
मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा अनु र क्रान्तिसँगै मनिषा लोकान्द्री पनि देखिएकी छन् भने अन्य कलाकारको पनि अभिनय रहेको छ ।
निमा राय ‘शुभाष’ र दिवेश राजले छायाँकन गरेको गीतको भिडियोलाई निमाले सम्पादन गरेका हुन् ।
https://www.youtube.com/watch?v=TAW96EqQyfQ&feature=share






