काठमाडौं,
आश्विन १६ ।
सिटिएफ नेपाल द्वारा आयोजना गर्न लागेको सिटिएफ फ्रेसर फेसन नाईट फेसन सो हुने भएको छ । उक्त शो को लागि यहि आउदो असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा बिहान ६ बजे देखि अडिशन हुने भएको छ ।
दशैँ र तिहार बीच कार्तिक १६ गते रक टनेल रेष्टुरेन्ट तिनकुनेमा हुन गईरहेको फेसन सो मा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ भने यस फेशन शोमा सेलेब्रेटी मोडल/नायिकाहरुको समेत उपस्थित रहने जानकारी आयोजक एलिशा अग्रवालले गराएकी छिन् । उक्त फेसन सोमा साङ्गीतिक कार्यक्रमको साथमा डिजे पार्टी समेत हुने बताइएको छ ।
फ्रेश मोडलहरुलाई लिएर गर्न लागिएको यस फेसन सोमा फ्री ट्रेनीङको साथमा प्रतियोगीहरुले गिफ्ट ह्याम्पर्स, फोटो सुट चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनय गर्ने मौका पाउने भएका छन् ।






