घर सम्झेर आउनुस् पियार भन्दै सुन्दर र बर्षा (भिडियोसहित)

काठमाडौं,
आश्विन १६ ।

नेपालीहरुको महान् पर्व दशैँ निजकिदै छ । यो अवसरमा विभिन्न सर्जहरुले दशैँ सम्बन्धित गीतहरु स्रोता/दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा सुन्दर आरडीको लय, शब्द तथा स्वरमा ‘घर सम्झेर आउनुस् पियार…’ सार्वजनिक भएको छ । सुन्दरलाई बर्षा सिलवालले साथ दिएकी छन् स्वरमा ।

प्रतिभा म्युजिक प्रा.लि.को प्रस्तुतिमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कमल सौरागले एरेन्ज गरेको गीतको भिडियोलाई सुरेन सुजनले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा सुन्दर आर.डी., इश्वरी सेन्चुरी, दिनेश श्रेष्ठ र सुजा देउजाको अभिनय रहेको । गीतको भिडियोलाई दीपेन्द्र भट्टले छायांकन तथा सम्पादन गरेका छन ।

https://www.youtube.com/watch?v=xJyQMY8TyZA

यसमा तपाइको मत

अन्य समाचार