काठमाडौं,
आश्विन १५ ।
नेपालीहरुको महान् पर्व भनिएको दशैँ नजिकिदै छ । यहीँ पर्वलाई लक्षितगरी दशैँ सम्बन्धि गीतहरु सार्वजनिक हुनेक्रममा छन् । यसै मेसोमा वास्तविक घट्नामा आधारित गतिको भिडियो सार्वजनिक भएको छ । रक्षा म्युजिकले युट्युव मार्फत सार्वजनिक गरेको ‘पापी मलेशिया…’ गीत सार्वजनिक भएको हो ।
गीतमा अविरल मगर र सृर्जना पाण्डेको स्वर रहेको छ । अविरल मगर र जयराम तिमल्सिनाको शब्द रहेको गीतमा भीमसेन गौतम ‘उदास’को सङगीत रहेको छ ।
नारायण मगरको निर्देशन रहेको भिडियोमा प्रेम श्रेष्ठ, विनिता लामा, अमृत मगर ज्योति श्रेष्ठलगायतकको अभिनय देख्न सकिन्छ । भिडियोको पोष्ट प्रोडक्शन डिजिटल क्रियशन मिडियामा भएको हो ।






