‘डियर जिन्दगी’ को टाइटल गीत र ट्रेलर सार्बजनिक

काठमाडौं,
आश्विन १५ ।

कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत र ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्बजनिक गरिएको हो ।

ट्रेलर गीत सार्वजनिक कार्यक्रममा मेघा टेली सिरियल ‘डियर जिन्दगी’का कलाकार निर्माण टिमसँगै बिज्ञापन एजेन्सी संघका अध्यक्ष रबिन्द्र रिजाल ‘शशि’, एबिसी टेलिभिजनका प्रमुख महेश राणा, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमूख राजकुमार थापा, चलचित्र बिकाश बोर्डका निबर्तमान अध्यक्ष राजकुमार रार्इ लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेघा टेली सिरियल ‘डियर जिन्दगी’ का निर्माता तथा निर्देशकलार्इ रुद्राक्षको बिरुवा प्रदान गर्दै त्यसलाई स्याहार गरेर हुर्काउन र ‘डियर जिन्दगी’को रुपमा ठुलो बनाउन र हरियाली कायम गर्न मद्दत पुर्याउन समेत अनुरोध गरिएको थियो ।
जनकदीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा, पुस्कर जंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवाश पराजुली, अर्जुन गौतम, राम कृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, वसन्त पोखरेल, सुरेश काफ्लेलगाएतका कलाकारको अभिनय रहेको छ ।

‘डियर जिन्दगी’ मा जनक दीप पराजुलीको गीत जुनु गौतम र विल्सन श्रेष्ठको गायन डिजे एलेक्सको सङ्गीत रहेको छ । च्यानल प्रोडुसर साजन घिमिरे, एसोसियट प्रोडुसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेका छन् भने प्रोडुसर रामकृष्ण बिसी, कार्यकारी प्रोडुसर युबराज खत्री र कोप्रोडुसर रघुनाथ सापकोटा रहेका छन् ।

वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा धुर्बराज पराजुलीले सम्पादन गरेका छन् भने सुमन कोइराला सहसम्पादक रहेका छन् । मेघा टेली सिरियल ‘डियर जिन्दगी’ घटस्थापनाको दिनदेखि प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ र त्यस दिन बाट नै पिएनपी मिडियाको अफिसियल युट्युब च्यानल मार्फत पनि सार्बजनिक हुनेजनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार