काठमाडौं,
आश्विन १४ ।
राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार नेपालमा ५ लाख ३ हजार ३२१ जना अर्थात कुल जनसंख्या को १.९४ प्रतिशत अपाङ्गता भएका ब्यक्ति रहेका छन् । अहिले त्यो सङ्ख्या अझै बढीरहेको देख्न सकिन्छ । अर्धविकसित तथा अविकसित देशहरूमा अपाङ्गता भएका ब्यक्तिहरुको सङ्ख्या १० देखि १५ प्रतिशत रहेको छ ।
विश्व स्वास्थ सङ्गठनको तथ्याङ्कलार्इ आधार मन्ने हो भने नेपालमा ३० लाख भन्दा बढी अपाङ्गता भएका रहेको अनुमान गर्न सकिन्छ । अपाङ्गता भएका ब्यक्तिहरु समाजमा आफ्नो भुमिका प्रदर्शन गर्न, काम तथा रोजगारीमा सामेल हुन अनि गुणस्तरीय तथा सम्मान्जनक जीवनयापनबाट बन्चित रहने गरेको छर्लङ्ग छ । यही धारणा बिध्यमान रहेको बेला राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकाश केन्द्र, युनिभर्सल मिडिया ग्रुप र इन्टरने्सनल मिडिया हबको संयुक्त आयोजनामा विश्वमा पहिलो पटक मिष्टर एण्ड मिस नेपाल फर डिसएबिलिटी २०१८को आयोजना हुन गइरहेको छ ।
प्रतिभावान अपाङ्गता भएकाहरुलार्इ टेलिभिजन रियालिटी शो कार्यक्रम आफ्नो कला प्रस्तुत गर्ने उपर्युक्त थलो हुने आयोजकको भनाइ छ । यो कार्यक्रम देशका ७ ओटै प्रदेशमा आयोजना हुनेछ भने देशभरबाट ३००० भन्दा बढीको सहभागी रहने अनुमान तथा बिश्वास आयोजकले लिएको छ । अडिसनबाट छनिएका ३५ जनालाइ टिभी शो मा लगिने र ३५ बाट १० जना अन्तिम प्रतिस्पर्धा म उर्तने छन् ।
हरेक हप्ता १ जना बाहिरिने छ । कार्यक्रममा १६ देखि ६० वर्ष सम्मका अपाङ्गता भएकाले भाग लिन सक्ने आयोजकले जनाएको छ । प्रथमलार्इ अवस्था अनुसारको सवारी साधन, रु ३ लाख र विभिन्न गिफ्ट, दोस्रोलाइ रु ३ लाख र गिफ्ट र तेस्रो लाई २ लाख र गिफ्ट दिइने छ र यसको अन्तिम प्रतिस्पर्धाको कार्यक्रम दुबईमा गरिने आयोजकको भनाइ छ ।
कार्यक्रमबाट गायन, नृत्य, नाटक, वाक कला, चित्र कला, फेसन सो, ह्विल चियर डान्स, छडी क्यट्वर्क जस्ता विभिन्न प्रतिभाको हौशला र राष्ट्रिय कलाकार बन्ने चाहाना साथै समाजमा स्थापित हुने अवसर प्रदान होस् भन्ने उद्देश्यले यो कार्यक्रम को आयोजना गरिने आयोजकले जनाएको छ । कायक्रमका बारेमा राजधानीको बागबजारस्थित होटेल हार्दिकमा पत्रकार भेटघाट गरी जानकारी गराईएको थियो ।
कार्यक्रमको आयोजक टिमका प्रमुख निलकण्ठ पौडेलको अध्यक्षतामा आयोजित समारोहमा पूर्व पर्यटन मन्त्री क्रिपासुर शेर्पा प्रमुख अतिथी त्यस्तै अतिथीमा एनआरएन आयरलेन्डका पूर्व अध्यक्ष गणेश प्रसाईं, ब्लाइन्ड रक फाउन्डर सृस्टी केसी , साहित्यकार बिजय बजिमय, हास्य कलाकार सुरेन्द्र के सी (मुलाका साग) , कलाकार भीम के सी , गयक प्रकाश तिमिल्सिना, गयक सिताराम पोखरेललगायतको उपस्तिथी थियो भने कार्यक्रमलाइ गायिका विष्णुमाया न्यौपानेले सञ्चालन गरेकी थिइन ।






