काठमाडौं,
आश्विन १३ ।
सोहन घिमिरेको स्वरमा रहेको नयाँ गीत ‘तारा खसे छ…’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा सोहनकै शब्द रचना अनि सङ्गीत रहेको छ भने बुद्ध स्यान्ग्वाको सङ्गीत संयोजन रहेको छ ।
बर्षा शिवाकोटी र जीवन भट्टराई फिचरिङ गरिएको गीतको भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।
उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ । गीतको भिडियोलाई अप्सन मिडिया एण्ड ईन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।






