सिनेमाघरमा ‘कथा काठमाण्डु’, ‘छिरिङ’ र ‘अनुराग’

काठमाडौं,
आश्विन १२ ।

शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् ‘कथा काठमाण्डु’, ‘छिरिङ’ र ‘अनुराग’ ।

चलचित्र ‘कथा काठमाण्डू’मा काठमाडौंको कथा हिंसा, ‘छिरिङ्ग’मा बहुपतिप्रथा र, ‘अनुराग’ एक म्युजिकल लभस्टोरी भनिएको छ ।

संगीता श्रेष्ठ निर्देशित यस चलचित्र ‘कथा काठमाण्डूमा’ प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संयोग कोइराला, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ । चलचित्रका गीत र प्रोमोका दृष्यलाई लिएर विभिन्न टिका टिप्पणी पनि भइरहेको छ ।

चलचित्र ‘छिरिङ्ग’ लाई गायक तथा नायक यश कुमारले निर्देशन गरेका हुन् । चलचित्रमा यशसँगै गायक तथा अभिनेता निमा रुम्बाको पनि अभिनय छ । यी दुई अभिनेताको अपोजिटमा अभिनत्री कामना भुजेल रहेकी छन् ।

सञ्चारकर्मी ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’ मा उनकी श्रीमती एलिजा गौतमले अभिनय गरेकी छन् । एलिजाको यो डेब्यु चलचित्र हो । सत्यराज चौलागाईँ निर्देशित चलचित्रमा एलिजासँग समुन्द्र पण्डित मुख्य भुमिकाका देखिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार